ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु

बैतडी: बैतडीको सिगासमा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्युु भएकाे छ।
मृत्यु हुनेमा सिगास गाउँपालिका ३ का ७२ वर्षिय हरूवा साउद रहेका उक्त वडाका वडाध्यक्ष अमरसिंह धामीले जानकारी दिनुभयाे।

स्थानीय रजे भन्ने ठाउँबाट बालुवा लिएर फर्किरहेकाे सुप प्र ०२ ००१ त १३८१ नम्बरको ट्याक्टर सिन्याखेत नजिक दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा परेर ट्याक्टर साहु समेत रहेका साउदकाे घटनास्थलमै मृत्युु भएकाे वडाध्यक्ष धामीले बताउनुभयाे।

ट्याक्टरकाे ब्रेक फेल भएर दुर्घटना भएकाे बताइएको छ।

दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट ५० मिटर तल खसेकाे जनाएको छ।

चालक डम्बर धामी सकुशल रहेका र उनी दुर्घटनालगतै फरार भएका छन्।

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख,प्रहरी निरीक्षक इन्द्र राज भट्ट नेतृत्वको टाेली घटनास्थलतर्फ गएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!