धनगढीमा यु-१९ महिला एकदिवसीय क्रिकेटको तयारी,खेलतालिका सार्वजनिक

बैतडी: कैलालीको धनगढीमा प्रथम यु–१९ महिला एकदिवसीय क्रिकेट सिरिज–२०८२ को तयारी भएको छ । चटकपुर स्पोट्स क्लबको आयोजना प्रतियोगिता यहि कात्तिक २० गतेदेखि शुरु हुनेछ।

सुदूरपश्चिमका सबै जिल्लाका खेलाडीको प्रतिनिधित्व हुने गरि चार टोली बनाइएको आयोजक चटकपुर स्पोट्स क्लबका सचिव लोकराज जोशीले जानकारी दिनुभयो ।

सहभागी हुने टोलीमा मायामेट्रो हस्पिटल रोयल्स, पद्मा पब्लिक मावि किङ्स,रोयल च्यालेन्जर्स एफवाइसी डडेल्धुरा र किङ्स ११ इडुपल नेपाल रहेका छन् ।

चन्द्रसुर्य क्रिकेट मैदानमा हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

कात्तिक २० गते हुने उद्घाटन खेलमा मायामेट्रो र पद्मा पब्लिक भिड्नेछन् ।

कात्तिक २१ गते एफवाइसी डडेल्धुरा र इडुपल नेपाल, कात्तिक २२ गते मायामेट्रो र एफवाइसी डडेल्धुरा, कात्तिक २३ गते पद्मा पब्लिक र इडुपल नेपाल, कात्तिक २४ गते मायामेट्रो र इडुपल नेपाल तथा कात्तिक २५ गते पद्मा पब्लिक र एफवाइसी डडेल्धुरा खेल्नेछन् ।

शिर्ष दुई टोली कात्तिक २६ गते उपाधिका लागि भिड्नेछन् ।

विजेता र उपविजेता टोलीलाई आकर्षक ट्रफी तथा प्रमाणपत्र दिइनेछ ।

यस्तै सर्वाेत्कृष्ट खेलाडीले १० हजार ट्रफी तथा प्रमाणपत्र, उत्कृष्ट बलरले ५ हजार ट्रफी तथा प्रमाणपत्र, उत्कृष्ट ब्याटर ५ हजार ट्रफी तथा प्रमाणपत्र, प्रत्येक खेलका प्लेयर अफ दी म्याचलाई २ हजार ट्रफी दिइनेछ ।

प्रतियोगिताले महिला क्रिकेटको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!