विश्वकप: अमेरिका सुपर ८ मा प्रवेश, पाकिस्तान बाहिर

काठमाडौं: अमेरिका आइसीसी टी२० विश्वकपकाे सुपर ८ मा पुगेकाे छ ।

आयरल्यान्डबिरूद्धको खेल वर्षाका कारण रद्द भएपछि अमेरिका सुपर ८ मा पुग्दा पाकिस्तान बाहिरिएको हाे।

जारी आइसीसी टी२० विश्वकप अन्तर्गत समूह ए काे खेलमा अमेरिकाको फ्लोरिडामा गएराति हुने भनिएको खेल टस समेत हुन नसकि बर्षको कारण रद्द भएको हो।

खेल रद्द भएसँगै दुवै टोलीले एक एक अंक बाडेका छन्। एक अंक पाएसँगै अमेरिका विश्वकपको सुपर आठमा प्रवेश गरेको छ भने पाकिस्तान समूह चरणबाट नै बाहिरिएको छ।

जारी विश्वकप अन्तर्गत समूह ए मा रहेको भारत तीन खेलमा छ अंक जोडेर सुपर आठमा पुगिसकेको छ।
चार खेल खेलेको अमेरिका पाँच अंकसहित दोस्रो स्थानमा रहेर सुपर आठमा प्रवेश गर्दा तीन खेल खेलेको पाकिस्तान दुई अंकसहित तेस्रो स्थानमा रहँदै एक खेल अगावै बाहिरिएको हो।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!