सकियो दशैँ–तिहारः कर्मथलो फर्कने क्रम बढ्यो, सवारीसाधनमा भीड

बैतडी: दशैँ–तिहारजस्ता ठूला चाडपर्व सकिएसंगै सुदूरपश्चिमका पहाडी जिल्लाहरुबाट तराईका जिल्लामा जाने यात्रुहरुको संख्या बढेको छ । चाडपर्वका लागि पुख्र्यौली थलोमा आएकाहरु कर्मथलोतर्फ फर्कने क्रम बढेको हो ।

सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला, बझाङ,डडेल्धुरा, डोटी,अछाम र बाजुराबाट तराईका जिल्ला कैलाली र कञ्चनपुर फर्कनेको संख्या बढेको यातायात व्यवसायी दशरथ चन्दले बताउनुभयो । उहाँले भन्नुभयो,“ बैतडीबाट काठमाडौं,धनगढी र महेन्द्रनगर जाने यात्रुको संख्या बढेको छ। दशैँ –तिहारसकिएसंगै पहाडबाट तराई जानेको संख्या बढेको हो ।”
दशैँ–तिहारका लागि घर आएका कर्मचारी, विद्यार्थी कर्मथलोमा फर्कने भएकाले हिजोआज गाडीमा यात्रुको चाप बढेको उहाँले बताउनुभयो ।

दशैँ–तिहारको समयमा विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजाका लागि आएकाहरु चाडपर्व सकिएसंगै कर्मथलोतर्फ फर्किएका पण्डित जयानन्द भट्टले बताउनुभयो । उहाँले भन्नुभयो,“यताबाट बसाइसराई गरेर गएकाहरु पनि दशैं–तिहारको समयमा पुख्र्यौली थलोमा आउने गरेका छन् । अब दशैं–तिहार सकिएपछि कर्मथलोतर्फ फर्कनेहरुको संख्या बढेको छ ।”
पहाडबाट तराई जाने गाडीहरुमा यात्रुको चाप बढेको यातायात व्यवसायीहरुले बताएका छन् । पहाडबाट तराई जाने गाडीहरुमा अचेल भीडभाड बढेको बताइएको छ ।

पहाडबाट तराई जाने हरेक गाडीमा यात्रुको चाप बढेको र टिकट पाउन मुस्किल भएको निर्मला टेरले बताउनुभयो ।

दशैँ–तिहारजस्ता ठूला चाडपर्व सकिएपछि कर्मथलोमा फर्कने भएकाले तराई जानेको संख्या बढेको दोगडाकेदार ३ श्रीकोटका गणेश विष्टले बताउनुभयो । उहाँले भन्नुभयो,“ अन्य समयको तुलनामा यो समयमा तराई जाने यात्रुहरुको संख्या स्वभाविक रुपले बढीरहेको छ। यो समयमा तराई जानेको संख्या बढ्नु स्वभाविक हो । दशैं–तिहारका लागि पहाड आएकाहरु तराई फर्किरहेका छन् । पहाडबाट तराई जाने गाडीहरुमा आजभोलि सिट पाउन समेत मुस्कील भएको छ ।”

यात्रुहरुको चाप बढेकोले सुरक्षा व्यवस्था पनि कडा पारिएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो। उहाँले भन्नुभयो,“ दशैँ–तिहार मनाएर कर्मथलो फर्किनेको भीड बढेको छ । यात्रुहरुको सहज यात्राका लागि तथा कुनै समस्या परेमा सम्पर्क गर्न भनेर यात्रु सहयता कक्ष समेत स्थापना गरेका छौं । ”

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!