मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी: बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ । 
मृत्युु हुनेमा जिल्लाको पाटन नगरपालिका–६ सुकेलीका अन्दाजी ५८ वर्षीय प्रेमसिंह बिष्ट रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूका अनुसार बिहीबार दिउँसो ४ बजेतिर घरबाट सिउडे जान्छु भनि हिँडेका बिष्ट आज मृत फेला परेका हुन् । 
बिहीबार अबेरसम्म घर नफर्केपछि घरपरिवारले बिष्टको खोजीका लागि इलाका प्रहरी कार्यालय पाटनमा खबर गरेको थियो । सोही अनुसार खोजी गर्दै जाँदा दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ अन्नाडी मोडबाट करीब एक सय मिटर तल बिष्टको शव फेला परेको हो । 

बिष्टले चलाएको सुपप्र ०१–०११ प ७१५१ नम्बरको मोटरसाइकल पनि सडकबाट तल खसेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक बडूले बताउनुभयाे । 

मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!