उदयदेव-पाटन प्रिमियर लिग: सेमिफाइनलका खेलहरू भाेली, काे-काे भिड्नेछन् हेर्नुस्

बैतडी: बैतडीको पाटनमा जारी पाँचौ संस्करणको उदयदेव- पाटन प्रिमियर लिग (युपिपिएल) प्रतियोगिताकाे सेमिफाइनल समीकरण पूरा भएकाे छ।

आज सम्पन्न खेलबाट साविक विजेता टिम काेइनाेडा गुरूखाेला लायन्स सेमिफाइनल पुग्ने अन्ति टाेली बन्याे ।

गुरूखाेलाले किमताेलीमाथि ३०१ रनकाे बिशाल जित निकाल्याे।
जितका लागि पाएकाे ३२४ रनकाे लक्ष्य पछ्याएकाे किमताेली ६.२ ओभरमा २२ रनमा समेटियाे। उसका कुनै पनि ब्याटर चल्न सकेनन् ।

किमताेलीकाे पारी ध्वस्त पार्ने क्रममा गुरूखाेलाका गजेन्द्र बाेहरा र राम चन्दले ४/४ तथा कैलाश ऐरले २ विकेट हात पारे।

यसअघि श्रीकृष्ण खेल मैदानमा पहिला ब्याटिङ गरेकाे गुरूखाेलाले निर्धारित १५ ओभरमा १ विकेटको क्षतिमा ३२३ रन हिर्कायाे । जसमा गजेन्द्र बाेहराले शतकीय पारी खेल्दै १४५ रनमा अविजित रहे।
यस्तै कप्तान खडक बाेहराले अविजित ६८ तथा सुमित बुडालले ६४ रनकाे याेगदान गर्याे।

अलराउन्ड प्रदर्शन गर्दै गुरूखाेलालाई जिताएका गजेन्द्र प्लेयर अफ द म्याच चुनिएका स्काेरर दीपेन्द्र बहादुर बाेहराले जानकारी दिनुभयो ।
यसैबीच सेमिफाइनलका खेलहरू भाेली हुने आयाेजक पाटन एकता समाजका अध्यक्ष किरण चन्दले बताउनुभयो ।

पहिलाे सेमिफाइनलमा पत्ताल भुमेश्वर युवा क्लव र हिमचुली युवा सदन भिड्दा दाेस्राेमा जेएवाइसी थालिगडा र टिम काेइनाेडा गुरूखाेला लायन्स आमने सामने हुनेछन् ।

पाटन एकता समाजकाे आयाेजना असाेज २५ देखि सुरू भएको प्रतियोगितामा १३ टाेली सहभागी थिए ।

पाटन नगरपालिका प्रायाेजक रहेकाे प्रतियोगिता कात्तिक १ गते सम्पन्न हुनेछ।
विजेताले एकलाख लाख ३५ हजार ७९१ र उपविजेताले ५६ हजार ७८९ पाउनेछ।
यस्तै म्यान अफ द सिरिजलाई १२,३४५ बेस्ट ब्याटर र बलरलाई जनही ५,६७८ रुपैयाँ पुरस्कार घोषणा गरिएको छ ।
प्रतियोगिताले खेलाडी उत्पादन र क्रिकेटकाे विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!