उदयदेव-पाटन प्रिमियर लिग: पत्ताल भुमेश्वर अपराजित रहदै सेमिफाइनलमा, विक्रम बाेहरा उत्कृष्ट
बैतडी:बैतडीको पाटनमा जारी पाँचौ संस्करणको उदयदेव- पाटन प्रिमियर लिग (युपिपिएल) प्रतियोगितामा
पत्ताल भुमेश्वर युवा क्लव अपराजित रहदै सेमिफाइनलमा सुरक्षित भएको छ।
ह्याटि्रक जित निकालेर अन्तिम चारमा पुग्ने क्रममा पत्ताल भुमेश्वरले खाेडपे स्पाेट्स क्लबमाथि ७ विकेटकाे जित निकाल्याे ।
जितका लागि पाएकाे १४८ रनकाे लक्ष्य पत्ताल भुमेश्वरले १४.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्याे।
जसमा विक्रम बाेहराले अर्धशतकीय पारी खेल्दै ६० रनकाे याेगदान गरे ।विक्रम प्लेयर अफ द म्याच समेत चुनिएका स्काेरर दीपेन्द्रबहादुर बाेहराले जानकारी दिनुभयो ।
यस्तै भुपेश बाेहराले ३३ र दीपेश बाेहराले अविजित २६ रन जाेडे ।
खाेडपेका उमेश बुडालले २ विकेट हात पारे।
यसअघि श्रीकृष्ण माविकाे खेलमैदानमा पहिला ब्याटिङ गरेकाे खाेडपेले निर्धारित १५ ओभरमा ९ विकेटको क्षतिमा १४७ रन बनायाे।
उसका प्रयास रावलले अविजित ६८ र उमेश बुडालले ३० रन हिर्काए।
पत्ताल भुमेश्वरका भुपेश बाेहराले ३ विकेट झारे।
पाटन एकता समाजकाे आयाेजना असाेज २५ देखि सुरू भएको प्रतियोगितामा १३ टाेली सहभागी छन् ।
पाटन नगरपालिका प्रायाेजक रहेकाे प्रतियोगिता कात्तिक १ गते सम्पन्न हुनेछ।
विजेताले एकलाख लाख ३५ हजार ७९१ र उपविजेताले ५६ हजार ७८९ पाउनेछ।
यस्तै म्यान अफ द सिरिजलाई १२,३४५ बेस्ट ब्याटर र बलरलाई जनही ५,६७८ रुपैयाँ पुरस्कार घोषणा गरिएको छ ।
प्रतियोगिताले खेलाडी उत्पादन र क्रिकेटकाे विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।
