उदयदेव-पाटन प्रिमियर लिग: साविक विजेता गुरूखेलाकाे शानदार शुरूवात,राम चन्दकाे ह्याट्रिक
बैतडी:बैतडीको पाटनमा जारी पाँचौ संस्करणको उदयदेव- पाटन प्रिमियर लिग (युपिपिएल) प्रतियोगितामा साविक विजेता काेइनाेडा गुरूखाेला लायन्सले शानदार शुरूवात गरेकाे छ।
गुरूखाेलाले सुखद शुरूवात गर्ने क्रममा बनारसी क्रिकेट क्लबलाई ६० रनले हरायाे।
जितका लागि पाएकाे १५६ रनकाे लक्ष्य पछ्याएकाे बनारसी १३ ओभरमा ९५ रनमा अलआउट भयाे ।
जसमा अभिषेक पालले २८ र सुदर्शन भट्टले २६ रनकाे याेगदान गरेपनि हार टार्न सकेनन्।
पावरप्लेमा उत्कृष्ट शुरूवात गरेकाे बनारसी त्यसपछि सम्हालिन नसक्दा पराजित हुन पुग्याे।
५ ओभरमा ६२ रन जाेड्दा १ विकेट मात्रै गुमाएको बनारसीले त्यसपछि ३३ रन जाेड्दा नाटकीय रूपमा अन्य ९ विकेट गुमायाे।
गुरूखाेलाका लागि प्लेयर अफ द म्याच समेत भएका राम चन्दले ह्याटि्रकसहित ३ विकेट झारे ।
यस्तै कैलाश ऐेरले ३ र अमर चन्दले २ विकेट हात पारे।
यसअघि श्रीकृष्ण माविकाे खेलमैदानमा पहिला ब्याटिङ गरेकाे गुरूखाेलाले निर्धारित १५ ओभरमा ५ विकेटको क्षतिमा १५५ रन बनायाे।
उसका आयुश चन्दले अविजित ४३ र अशाेक विष्टले ४० रन हिर्काए।
पाटन एकता समाजकाे आयाेजना असाेज २५ देखि सुरू भएको प्रतियोगितामा १३ टाेली सहभागी छन् ।
पाटन नगरपालिका प्रायाेजक रहेकाे प्रतियोगिताकाे विजेताले एकलाख लाख ३५ हजार ७९१ र उपविजेताले ५६ हजार ७८९ पाउनेछ।
यस्तै म्यान अफ द सिरिजलाई १२,३४५ बेस्ट ब्याटर र बलरलाई जनही ५,६७८ रुपैयाँ पुरस्कार घोषणा गरिएको छ ।
प्रतियोगिताले खेलाडी उत्पादन र क्रिकेटकाे विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।
