उदयदेव-पाटन प्रिमियर लिग: थालिगडा सेमिफाइनलमा प्रवेश

बैतडी: बैतडीको पाटनमा जारी पाँचौ संस्करणको उदयदेव- पाटन प्रिमियर लिग (युपिपिएल) प्रतियोगितामा जेएवाइसी थालिगडा सेमिफाइनलमा पुगेको छ।

आज सम्पन्न खेलमा कुलगडे क्रिकेट क्लबमाथि ६८ रनकाे शानदार जित निकालेर थालिगडा अन्तिम चारमा पुगेको हाे।

थालिगडाले दिएको १८९ रनकाे लक्ष्य पछ्याएकाे कुलगडेले निर्धारित १५ ओभरमा ८ विकेटको क्षतिमा ११० रन मात्रै बनाउन सक्याे।
जसमा केश ठगुन्नाले सर्वाधिक २८ रन बनाएपनि हार टार्न सकेनन् ।
थालिगडाका हर्ष कार्कीले ३ विकेट झारे ।

यसअघि श्रीकृष्ण माविकाे खेलमैदानमा पहिला ब्याटिङ गरेकाे थालिगडाले ७ विकेटको क्षतिमा १८८ रन जाेड्याे ।
जसमा प्लेयर अफ द म्याच समेत भएकाे निरज कार्कीले अर्धशतकीय पारी खेल्दै ६८ रनकाे महत्त्वपूर्ण पारी खेले ।

कुलगडेका सचिन विक र मनी लुहारले २/२ विकेट लिए।

पाटन एकता समाजकाे आयाेजना असाेज २५ देखि सुरू भएको प्रतियोगितामा १३ टाेली सहभागी छन् ।

पाटन नगरपालिका प्रायाेजक रहेकाे प्रतियोगिताकाे विजेताले एकलाख लाख ३५ हजार ७९१ र उपविजेताले ५६ हजार ७८९ पाउनेछ।

यस्तै म्यान अफ द सिरिजलाई १२,३४५ बेस्ट ब्याटर र बलरलाई जनही ५,६७८ रुपैयाँ पुरस्कार घोषणा गरिएको छ ।

प्रतियोगिताले खेलाडी उत्पादन र क्रिकेटकाे विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!