विश्वकप छनाेट: नेपालकाे कतारमाथि राेमाञ्चक जित

काठमाडौं: आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज कतारलाई ५ रनले हराएको छ।
अपराजित नेपालले ६ अंक जोड्दै छनोटको संभावनालाई मजबुत बनाएको छ। कतार विरूद्धको खेल नाटकीय बन्यो।
कतारका दुई खेलाडीको अर्धशतकमा जित नजिक पुगे पनि सन्दीप लामिछानेको तारिफयोग्य बलिङमा नेपालले ५ रनको रोचक जित दर्ज गरेको हो।
जितको लागि १ सय ४८ रनको लक्ष्य पछाएको कतार २० ओभरमा अल आउट हुँदै १ सय ४२ रनना समेटियो। कतारले सानदार सुरुवात गर्यो।

बलिङमा सन्दीपले ३.५ ओभरमा १८ रन दिएर ५ विकेटको सानदार प्रदर्शन गरे। नन्दन यादवले २ र दीपेन्द्रले १ विकेट लिए।

यसअघि अल अमेरत क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा विकेट ९ विकेट गुमाएर १ सय ४७ रन बनायो।

नेपालले यो जितमा ६ अंक बनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!