उदयदेव-पाटन प्रिमियर लिग: पत्ताल भुमेश्वर, हिमचुली र आयाेजक “ख” विजयी

बैतडी: बैतडीको पाटनमा जारी पाँचौ संस्करणको उदयदेव- पाटन प्रिमियर लिग (युपिपिएल) प्रतियोगितामा आज ३ खेल सम्पन्न भएका छन्।

जसमा पत्ताल भुमेश्वर, हिमचुली युवा क्लब र आयाेजक पाटन एकता समाज “ख” विजयी भएका छन्।

अन्तिम तथा तेस्राे खेलमा पत्ताल भुमेश्वरले सिगास गाउँपालिकामाथि ९५ रनकाे जित निकाल्याे।

१७९ रनकाे लक्ष्य पछ्याएको सिगासले ८३ रनमा समेटियाे। जसमा विनाेद ऐरीले १६ रन बनाएपनि अन्यले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।

पत्ताल भुमेश्वरका सन्ताेष विष्टले ४ विकेट लिदै प्लेयर अफ द म्याच भए।

यसअघि पहिला ब्याटिङ गरेकाे पत्ताल भुमेश्वरले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा १७८ रन जाेड्याे। उसका ज्ञानेन्द्र विष्टले अविजित ३८ रनकाे पारी खेले ।

सिगासका अनिल ऐरीले ४ विकेट हात पारे ।

sadak

आज सम्पन्न दाेस्राे खेलमा हिमचुली युवा क्लबले आयाेजक पाटन एकता समाज “क”टिम माथि १ रनकाे राेमाञ्चक जित निकाल्याे ।

जितका लागि पाएकाे १२१ रनकाे लक्ष्य पछ्याएको ए टिम १४.२ ओभरमा ११९ रनमा समेटियाे।
जसमा सन्दीप खत्री र लक्ष्मण कार्कीले २२/२२ रनकाे याेगदान गरेपनि टाेलीलाई जिताउन सकेनन्।

हिमचुलीमा रिसिकेश बाेहरा र मनाेज महराले ३/३ विकेट चट्काए। मनाेज प्लेयर अफ द म्याच चुनिएका स्काेरर दीपेन्द्र बहादुर बाेहराले जानकारी दिनुभयाे।

यसअघि पहिला ब्याटिङ गरेकाे हिमचुलीले १२० रन बनायाे। उसका आषिश लुहारले ४१ र राजेन्द्र बाेहराले अविजित २३ रन जाेडे।
ए टिमका राहुल भण्डारी र अभिषेक काेइरालाले २/२ विकेट हात पारे।

पहिलाे खेलमा आयाेजक “ख” ले सिगास गाउँपालिकामाथि ५ विकेटको जित दर्ता गर्याे।
सिगासले दिएकाे ९३ रनकाे लक्ष्य समाजले १२.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्याे।
जसमा सुशान्त कार्की अविजित २१ रनको याेगदान गरे ।
सिगासका अनिल ऐरीले २ विकेट लिए।

यसअघि श्रीकृष्ण माविकाे खेलमैदानमा टस हारेर पहिला ब्याटिङ गरेकाे सिगासले निर्धारित १५ ओभरमा ६ विकेटको क्षतिमा ९२ रन बनायाे।
उसका प्रकाश धामीले २८, विवस धामिले २६ र विनाेद ऐेरीले २२ रन हिर्काए।
समाजका समीर भण्डारीले २ विकेट झारे । उनी प्लेयर अफ द म्याच समेत चुनिए।

पाटन एकता समाजकाे आयाेजना असाेज २५ देखि सुरू भएको प्रतियोगितामा १३ टाेली सहभागी छन् ।

पाटन नगरपालिका प्रायाेजक रहेकाे प्रतियोगिताकाे विजेताले एकलाख लाख ३५ हजार ७९१ र उपविजेताले ५६ हजार ७८९ पाउनेछ।
यस्तै म्यान अफ द सिरिजलाई १२,३४५ बेस्ट ब्याटर र बलरलाई जनही ५,६७८ रुपैयाँ पुरस्कार घोषणा गरिएको छ ।
प्रतियोगिताले खेलाडी उत्पादन र क्रिकेटकाे विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!