बैतडी:चितुवाको आक्रमणबाट बैतडीमा एक महिला घाइते भएकी छन् । घाइते हुनेमा जिल्लाकाे मेलौली नगरपालिका ८ कोटिगाँउकी ३२ वर्षीया भानु विष्ट रहेकी छन्।
शुक्रबार दिउँसो साढे ३ बजे घर नजिकै डाडापारी भन्ने ठाँउमा भानुलाई चितुवाले आक्रमण गरेकाे स्थानीय अकबर राम लुहारले जानकारी दिनुभयाे।
आक्रमण गरे लगत्तै हो-हल्ला गरेपछि चितुवा भागेको जनाईएको छ। घाईते विष्टको चितुवाको आक्रमणबाट घुडामुनी घाउ रहेकाे र उनकाे बिशालपुर स्वास्थ्य चौकिमा उपचारका लगिएको छ।
गाउँमै चितुवाले मानिसमाथि आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन।
तल्लाेस्वराड क्षेत्रमा गएकाे १३ वर्षयता चितुवाको आक्रमणबाट २८ जनाकाे ज्यान गइसकेको छ।
