बैतडी:बैतडीको पाटनमा आजदेखि पाँचौ संस्करणको उदयदेव- पाटन प्रिमियर लिग (युपिपिएल) प्रतियोगिता शुरू भएको छ।
उद्घाटन खेलमा आयाेजक पाटन एकता समाज विजयी भएकाे छ। आयाेजकले केदार शक्तिलाई ५ रनले हरायाे।
१६० रनको लक्ष्य पछ्याएको केदारले निर्धारित १५ ओभरमा १५३ रन मात्रै बनाउन बनाउन सक्यो ।
जसमा सुरज देउवाले अर्धशतकिय पारी खेल्दै ५६ रन हिर्काएपनि हार टार्न सकेनन् ।
समाजका अभिषेक काेइरालाले ३ तथा राहुल भण्डारीले २ विकेट लिए।
यसअघि श्रीकृष्ण माविकाे खेलमैदानमा पहिला ब्याटिङ गरेको एकताले निर्धारित १५ ओभरमा ४ विकेटको क्षतिमा १५९ रन जाेड्याे।
जसमा खगेन्द्र जाेशीले अर्धशतक प्रहार गर्दै ६२ र राहुल भण्डारीले ४१ रनकाे याेगदान गरे। केदारका कप्तान विनाेद पाण्डेयले २ विकेट झारे ।
समाजका लागि अलराउन्डर प्रदर्शन गरेका राहुत प्लेयर अफ द म्याच चुनिएका स्काेरर दिपेन्द्र बहादुर बाेहराले जानकारी दिनुभयो ।
यसैबीच एक कार्यक्रमकाबीच समुद्घान गरियाे।
पाटन एकता समाजका अध्यक्ष किरण चन्दकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथी पाटन नगरपालिकाका प्रमुख गाैरीसिंह रावल,जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारी, स्थानीय जनप्रतिनिधि, राजनितीक दल लगायतकाे उपस्थिति रहेकाे समाजका महासचिव सन्ताेष जाेशीले जानकारी दिनुभयाे।
पाटन एकता समाजकाे आयाेजना भएको प्रतियोगितामा १३ टाेली सहभागी प्रतियोगिताकाे प्रायाेजक पाटन नगरपालिका रहेकाे छ।
प्रतियोगिताकाे विजेताले एकलाख लाख ३५ हजार ७९१ र उपविजेताले ५६ हजार ७८९ पाउनेछ।
यस्तै म्यान अफ द सिरिजलाई १२,३४५ बेस्ट ब्याटर र बलरलाई जनही ५,६७८ रुपैयाँ पुरस्कार घोषणा गरिएको छ ।
प्रतियोगिताले खेलाडी उत्पादन र क्रिकेटकाे विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।