काठमाडौं : आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको छ। याे जितले नेपाल सुपर सिक्समा पुगेकाे छ।
ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो।
जापानले दिएको १३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए।
जापानका लागि शोमा सल्तारले २ विकेट लिँदा, रियो साकुरानो थोमस, सबाओरिस रविचन्द्रन र डिक्लान सुजुकीले १–१ विकेट लिए।