उदयदेव-पाटन प्रिमियर लिगकाे तयारी अन्तिममा,असाेज २२ मा शुरू

बैतडी:बैतडीको पाटनमा हुने पाँचौ संस्करणको उदयदेव- पाटन प्रिमियर लिग (युपिपिएल) प्रतियोगिताकाे तयारी अन्तिम चरणमा पुगेकाे छ।

असोज २२ गतेदेखि सञ्चालन हुने प्रतियोगिताकाे लागि मैदान मर्मत र टिम दर्ताकाे काम भइरहेकाे आयोजक पाटन एकता समाजका सह-सचिव दिपक विष्टले जानकारी दिनुभयो ।

प्रतियोगिता श्रीकृष्ण माविकाे खेलमैदान पाटनमा सञ्चालन हुनेछ।
उहाँले भन्नुभयाे,”खेल सञ्चालन हुने मैदान मर्मत र टिम दर्ताकाे काम चलिरहेकाे छ। प्रतियोगिताकाे तयारी अन्तिम चरणमा पुगेको छ।”

प्रतियोगिताकाे टिम दर्ताको म्याद असाेज २० गतेसम्म राखिएको र त्यसपछि खेलतालिका सार्वजनिक गरिनेछ।

सहभागिता जनाउने टिम र खेलाडीको विवरण एकता समाजको वेभसाइटमा अद्यावधिक गरिने समाजका अध्यक्ष किरन चन्दले बताउनुभयाे ।
सबै टिमलाई प्रत्येक खेलाडीको व्याक्तिगत विवरण खुल्ने कागजात समेत पेश गर्न आग्रह गरिएको छ।

प्रतियोगिताकाे विजेताले एकलाख लाख ३५ हजार ७९१ पुरस्कार पाउनेछ ।

उपविजेताले ५६ हजार ७८९ पाउने आयाेजक पाटन एकता समाजका महासचिव सन्ताेष जाेशीले बताउनुभयो ।

यस्तै म्यान अफ द सिरिजलाई १२,३४५ बेस्ट ब्याटर र बलरलाई जनही ५,६७८ रुपैयाँ पुरस्कार घोषणा गरिएको छ ।

प्रतियोगिताले खेलाडी उत्पादन र क्रिकेटकाे विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!