बैतडी: बैतडीको दाेगडाकेदार गाउँपालिकामा असाेज १९ गते आइतबार शाेक बिदा रहने भएको छ।
वडा सदस्य महादेव भट्टकाे निधनमा गाउँपालिकाले शाेक बिदा दिएको हाे ।
बिदाकाे दिन पालिका अन्तरगतका सम्पूर्ण कार्यालय बन्द रहने गाउँपालिका अध्यक्ष चक्र बहादुर कार्कीले जानकारी दिनुभयाे।
गाउँपालिका-७ चडेपानी घर भएका भट्टकाे बिहीबार निधन भएकाेे थियाे।
केही वर्षदेखि मुटुका बिरामी रहेका भट्टकाे हृदयघात भएर निधन भएकाे बताइएको छ।
भट्ट नेकपा एमालेबाट २०७४ र २०७९ मा वडा नं ७ बाट सदस्य पदमा निर्वाचित हुनुभएको थियाे।
भट्टका २ छाेरा १ छाेरी छन्।
दशैंकाे दिन भट्टकाे निधन भएपछि घरपरिवार र गाउँनै शाेकमा डुबेकाे छ।