बैतडीमा भ्यान दुर्घटना चालकसहित ३ जना गम्भीर घाइते

बैतडी:बैतडीमा भ्यान दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छन्। खाेल्सीबाट पाटन बजारतर्फ आइरहेको सुप प्र ०१ ००१ च ४१२८ भ्यान पाटन ६ गाङकाे माेडमा दुर्घटनामा परेकाे हाे

sadak

दुर्घटना परेर घाइते हुनेहरूमा जिल्लाकाे पाटन नगरपालिका ४ घर भएका भ्यान चालक मानध्वज भट्ट, साेही ठाउँका रमेश भट्ट र जयराम भट्ट रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

घाइतेहरूलाई उपचारकाे लागि डडेल्धुरा अस्पताल पठाइएको छ।
दुर्घटनाग्रस्त भ्यान सडकबाट ८० मिटर तल खसेकाे छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!