एसिया कप: पाकिस्तानलाई हराउँदै भारत च्याम्पियन

काठमाडौं: एसिया कप २०२५ को उपाधि भारतले जितेकाे छ।
फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले उपाधि जितेको हाे ।
जित्नलाई १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । भारतका तिलक बर्माले ५३ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६९ रनको अविजित इनिङ खेले ।
पाकिस्तानका फहिम अशरफले ३, शाहिन शाह अफ्रिदीले १ र अब्रार अहमदले १ विकेट लिए ।

दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान १९.१ ओभरमा १ सय ४६ रनमा अल आउट भयो ।
पाकिस्तानका ओपनर शहिबजादा फरानले सर्वाधिक ५७ रन बनाए ।

कुलदीप यादवले ४ , अक्षर पटेल, जस्प्रित बुमराह र बरुण चक्रवर्तीले २/२ विकेट लिए ।

भारतले यसअघि सन् १९८४, १९८८, १९९०र ९१, १९९५, २०१०, २०१६, २०१८ र २०२३० मा एसिया कप उपाधि जितेको थियो ।
पाकिस्तानले २००० र २०१२ मा पनि एसिया कप उपाधि जितेको थियो ।
भारतले जारी सिजनमा अपराजित रहदै उपाधि हात पार्याे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!