धनगढी: प्रत्येक व्यक्ति खुसी र मुस्कानको हकदार हुन पाउनुपर्छ भन्ने मुख्य प्रतिद्धताका साथ सुदूरपश्चिममा क्रियाशील नाफारहित सामाजिक संस्था हेल्प फर हेप्पिनेस (ज्ँज्) सुदूरपश्चिमले आफ्नो १०औं वार्षिकोत्सव सामाजिक सेवाका विविध कार्यक्रमहरू गर्दै भव्य रूपमा मनाएको छ।
दश वर्षे यात्रामा रक्तदानदेखि मानसिक स्वास्थ्य, पशु उद्धारदेखि शिक्षा सहयोग, रात्री ट्राफिक सुरक्षा अभियानदेखि अनाथ बालबालिका लाई सहयोग — हेल्प फर हेप्पिनेसले समाजको प्रत्येक कुनामा टेवा पु–याउने उल्लेखनीय काम गर्दै आएको छ ।
HFH १०औं वार्षिकोत्सवको अवसरमा धनगढीस्थित “आमाको माया छात्रवास“ मा आश्रित विद्यार्थीहरूलाई खाद्यान्न, शैक्षिक सामग्री वितरण गर्दै सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा छात्रवास सञ्चालक समिति अध्यक्ष शारदा शाहको प्रमुख आतिथ्यता तथा ज्ँज् सुदूरपश्चिम संयोजक घनश्याम भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो। यस वर्षबाट केक काट्ने परम्परालाई अन्त्य गर्दै फ्रुट सलाद सेवन गर्दै खुसी बाँड्ने नयाँ परम्पराको थालनी गरिएको संस्था संयोजक भण्डारीले जानकारी दिए।
संयोजक घनश्याम भण्डारीले प्रस्तुत गर्नुभएको “वार्षिक प्रतिवेदन“ अनुसार, HFH ले सामाजिक सेवाका बिभिन्न क्षेत्रमा स्थायी परिवर्तन र मानवीय सहायता पु¥याउँदै आएको छ । बार्षिक प्रतिवेदनमा संस्थाको गत एक बर्षका प्रस्तुत मुख्य उपलब्धिहरू
१. रक्तदान र व्यवस्थापनः
सुदूरपश्चिमका विभिन्न अस्पतालमा आपतकालीन अवस्थामा २१२ पिन्ट रगत व्यवस्थापन गर्दै १३८ जना बिरामीलाई राहत पु¥याइयो।
२. सडक सुरक्षा र ट्राफिक सचेतनाः
सवारी चालक÷सहचालकलाई लक्षित कार्यक्रम, रेडियम स्टिकर टाँस्ने अभियान तथा ट्राफिक कार्यालयसँग समन्वय।
३. पशु स्वास्थ्य सेवाः
छाडा तथा घाइते पशुको निःशुल्क उपचार र उद्धार कार्यक्रम निरन्तर।
४. कृषि तथा पशुपालनमा सहयोगः
किसानलाई रोग नियन्त्रण, खेतीको सिजनल जानकारी र विज्ञमार्फत सल्लाह।
५. असहाय बिरामीलाई सहयोगः
७ जना अत्यन्त विपन्न बिरामीको औषधि उपचारमा आर्थिक सहयोग।
६. HFH सदस्य जन्मदिनमा सामाजिक सेवाः
अनाथालय तथा असहायलाई सहयोग।
७. मानव अधिकार, संस्कृति संरक्षण र अनुसन्धानः
महिला, बालबालिका, धर्म, संस्कृति, भाषा विषयमा अनुसन्धान र प्रवर्धन।
८. शिक्षामूलक कार्यक्रमः
“ज्ञान वाडौं, ज्ञान बढाऔं” अभियान निरन्तर।
९. मानसिक स्वास्थ्य परामर्श सेवाः
१ वर्षमा ७ जना लाभान्वित, विशेषज्ञ चिकित्सकको सहकार्य।
१०. ँबअभदययप ीष्खभ मार्फत जनचेतना प्रवाह।
११. निःशुल्क एम्बुलेन्स सेवाः
सुदूरका जिल्लामा असहायलाई आपतकालीन न्यून शुल्क वा निःशुल्क एम्बुलेन्स सेवा।
१२. HFH छात्रवृत्ति कार्यक्रमः
गरिब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति सुरु।
१३. पुरातात्विक धरोहरको संरक्षणः
सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार।
१४. स्वास्थ्य सेवा सुधार पहल।
१५. वेवारिसे व्यक्तिको उद्धार र पुनर्मिलन।
१६. वृक्षारोपण अभियानः
“जन्मदेखि मृत्युसम्म वृक्ष आवश्यक“ भन्ने नाराका साथ वृक्षारोपणलाई प्राथमिकता।
१७. कपडा बैंक मार्फत सहयोगः
२२६ थान लुगा र २३ जोर जुत्ता÷चप्पल वितरण।
१८. आगोले जलेकी डोटीकी ३ वर्षीया बालिकाको उद्धार र उपचारमा सहयोग
बार्षिकोत्सवको अवसरमा उत्कृष्ट योगदान पु¥याउने सस्थाका सदस्य र अन्य सामाजिक व्यक्तित्वहरूलाई ‘ज्ँज् अवार्ड’ अन्तरगत प्रशंसा पत्रसहित सम्मान गरीएको छ
सम्मानितहरूमाः
ड्ड बिनोद जोशीः बर्षभरीमा सबैभन्दा बढी आपतकालिन रक्तदाता सम्मान
संस्थाका सदस्यहरुलाई सम्मान
ड्ड चन्द्रकान्त अवस्थीः सबैभन्दा बढी आपकालिन रक्तदान र रगत व्यवस्थापन,
ड्ड राधाकृष्ण खडायतः वेवारिसे पशुको निशुल्क उपचार र उद्धार
ड्ड पवन पाण्डेः संस्थाको सामाजिक र आर्थिक सबलीकरण,
ड्ड अमर बिष्टः निःशुल्क सवारी सेवा – ४१ जना अपाङ्ग, असहाय, ज्येष्ठ नागरिकलाई निःशुल्क सार्वजनिक सवारी सेवा वापत सम्मान गरिएको हो।
त्यस्तै, आमाको माया छात्रवास’ संस्थागत सम्मान प्रदान गरिएको छ — जहाँ अभिभावकविहीन, विपन्न, दुर्गम क्षेत्रका र आदिवासी बालबालिकालाई आश्रय, संस्कार र शिक्षा प्रदान गरिन्छ ।
संयोजक भण्डारीले १० वर्षको यात्रामा सबैको साथ र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा संस्थालाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
