सीमानाकासहित बैतडीका ११ स्थानमा सहायता कक्ष

बैतडी: चाडपर्वलाई लक्षित गरेर सीमानाकासहित बैतडीका ११ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएका छन् ।

भारतसंग सीमा जोडिएको झुलाघाटनाकासहित ११ स्थानमा सहायता कक्ष सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले बताउनुभयो ।

सीमानाका झुलाघाट, सदरमुकाम गोठलापानी, देहिमाडौंैं, सतबाँझ, खोचलेक, गोकुलेश्वर र सिमारमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । यस्तै पाटन, खोड्पे, श्रीभावर र मेलौलीमा पनि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरण गर्न,यात्रुहरुलाई गन्तव्य सम्म पुर्याउन सहयोग गर्ने लगायतका उद्देश्य राखेर जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरी निरीक्षक बडूले बताउनुभयो ।

चाडपर्वलक्षित विषेश सुरक्षा योजना अन्र्तगत सहायता कक्ष स्थापना गरिएको हो ।
उहाँले भन्नुभयो,“ चाडपर्वको समयमा यात्रुहरुको सहजीकरणका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएका छन् । यात्राको क्रममा कुनै समस्या आएमा नजिकको यात्रु सहायता कक्षमा सम्पर्क राख्न आग्रह छ ।”

चाडपर्वको समयमा तोकिएको भन्दा बढी भाडा लिने, क्षमता भन्दा बढी यात्रु बोक्ने लगायतका समस्या देखिने भएकाले यस्ता कार्यहरुको नियन्त्रणका लागि यात्रु सहायता कक्षमार्फत काम हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यात्रु सहायता कक्ष छठसम्म सञ्चालनमा रहने जनाइएको छ ।

यसैबीच चाडपर्वलक्षित विषेश सुरक्षा योजना बनाएर जिल्लामा शान्तिसुरक्षाको अवस्था कडाई गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो,“ चाडपर्वमा हुने आपराधिक क्रियाकलाप नहुन र ढुक्कसंग नागरिकले दशैंतिहार मनाउन भनेर सुरक्षा योजना बनाएका हौं ।”

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!