काठमाडौं: युएईमा जारी एसिया कपको सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै छन् ।
यो खेल राति सवा ८ बजे सुरु हुनेछ । ।
समूह चरणको भेटमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो। भारत अपराजित टिम हो।
समूह चरणका तीन खेलमा तीन जितसहित ६ अंक जोडेको भारत समूह विजेता हो।
समूह चरणको भेटमा भारतसँग पराजित पाकिस्तानले ४ अंककासाथ समूहमा दोस्रो बन्दै सुपर फोरमा पुगेको हो।
आज पाकिस्तानलाई समूह चरणको हारको बदला लिने मौका छ ।
समूह ‘ए’बाट भारत र पाकिस्तानले सुपर फोरमा स्थान बनाउँदा समूह ‘बी’बाट श्रीलंका र बंगलादेश सुपर फोर प्रवेश गरेका छन्।
आठ टिम सहभागी एसिया कपबाट अफगानिस्तान, ओमान, यूएई र हङकङ भने समूह चरणबाटै बाहिरिसकेका छन् ।
