बैतडी: अरिङ्गालको टोकाइबाट बैतडीका एक युवकको मृत्यु भएको छ ।
जिल्लाको शिवनाथ गाउँपालिका–५ बिनपत्या घर भएका ४० बर्षीय लक्ष्मण दयालको अरिङ्गालको टोकाइबाट मृत्यु भएको उहाँका आफन्त सुरतकुमार पार्कीले बताउनुभयो ।
मकैको थुप्रो बनाउने काठ काट्न गएका बेला दयाललाई अरिङ्गालले टोकेको हो ।
मृतक दयालको घरमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
अकालमै दयालको मृत्यु भएपछि बिनपत्या गाउँ शोकमा डुबेको छ ।
