काठमाडौं: युएईमा जारी एसिसी टि ट्वावान्टी एसिया कपको सुपर फोरमा बंगलादेशले श्रीलंकालाई ४ विकेटले हराएकोछ ।
समूह बी मा एकतर्फी हार ब्यहोरेको बंगलादेशले सुपर फोरमा श्रीलंकासँग बदला लिएकोछ ।
जित्नलाई १ सय ६९ रनको लक्ष्य पछयाएको बंगलादेशले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । बंगलादेशका ओपनर सैफ हसनले सर्वाधिक ६१ र
तोव्हिद ह्र्दोयले ५८ रनको योगदान दिए ।
श्रीलंकाका वानिन्दु हसरंगा र दासुन शानकाले २-२ तथा दुश्मन्था चामिरा र नुवान थुसराले १-१ विकेट लिए
त्यसअघि दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६८ रन बनायो । श्रीलंकाका मध्यक्रमका ब्याटर दासुन शानकाले अविजित ६४ रन जाेडे ।
बंगलादेशका मुश्ताफिजुर रहमानले ३ , मेहेदी हसनले २ र तस्किन अहमदले १-१ विकेट लिए ।
सुपर फोरमा बंगलादेशले अब बुधबार भारत र बिहीबार पाकिस्तानसँग खेल्नेछ । श्रीलंकाले सुपर फोरमा अब मंगलबार पाकिस्तान र शुक्रबार भारतसँग खेल्नेछ ।
भारत र पाकिस्तान आज खेल्दैछन । सुपर फोरका शिर्ष दुई टोलि अर्को आइतबार फाइनल खेल्ने जनाएको छ ।
