काठमाडौं: युएईमा जारी एसिया कप क्रिकेटमा आजदेखि सुपर फोरका खेलहरू हुदैछन्। आज पहिलो खेलमा बंगलादेश र श्रीलंका खेल्ने तालिका रहेको छ ।
यो खेल युएईको दुवईमा नेपाली समयअनुसार बेलुका सवा आठ बजे शुरू हुनेछ ।
समुह ए बाट भारत र पाकिस्तान तथा समुह बी बाट श्रीलंका र बंगलादेशले सुपर फोरमा स्थान बनाएका छन् ।
सुपर–४ मा सबै टोलीले एक अर्कासँग खेल्नेछन् ।
भारत र पाकिस्तानबीचको खेल भोलि हुनेछ । समूह ‘ए’ को गएराति सम्पन्न अन्तिम खेलमा ओमान भारतसँग २१ रनले पराजित भएको थियो ।
