बैतडी: नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पार्टी पुनः निर्माण हुनुपर्ने बताउनुभएको छ ।
संविधान दिवसको अवसरमा आयोजना गरिएको ‘परिवर्तिन राजनीति र नेपालको संविधान’ विषयक अन्र्तक्रियामा बोल्दै सभापति चन्दले अहिलेको अवस्थामा पार्टी पुनः निर्माण हुन जरुरी रहेको बताउनुभयो ।
“अहिलेको अवस्थामा कांग्रेस पार्टी पुनः निर्माण हुन जरुरी देखिएको छ ।जसका लागि मैले पनि सभापतिबाट राजीनामा दिन तयार छु ।” कांग्रेस स्थानीय देखि केन्द्र सम्म सुध्रिन जरुरी छ,सबैले सच्चिनका लागि तयार हौं। म त्यसका लागि तयार छु ।
उहाँले भन्नुभयो,“पार्टी पुनः निर्माणका लागि केन्द्रीय,प्रदेश र देशका सबै जिल्लाका सभापतिले राजीनामा दिए, म पनि सभापति पद छोड्न तयार छु । मलाई पदको कुनै लोभ छैन्।पाटी निर्माणमा लागौं ।”
राजनीतिक दल चाहिदैनन् भन्ने भाष्य गलत रहेको बताउँदै उहाँले दल छैन भने देश चल्न असम्भव रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो,“दल बिना देश चल्न असम्भव छ । दलहरुले पनि आफ्ना गल्ती कमजोरी सच्याउदै अगाडी बढ्नुपर्छ । ”
सभापति चन्दले जेनजी युवाहरुलाई समर्थन रहेको र उनीहरुले उठाएको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको माग जयाज रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“जेनजी युवाहरुले उठाएको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको माग जायज हो तर उक्त माग हराउदै गएको छ ।”
कांग्रेसले नै संविधानको रक्षा गर्न सक्ने बताउदै सभापति चन्दले कसैको आर्शिवादले उम्मेदवार हुने चलनको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“ कसैको आर्शिवादले उम्मेदवार हुने चलनको अन्त्य हुनुपर्छ । क्षमता र योग्यताको पनि कदर गर्नुपर्छ ।”
प्रदेश सरकार योजना बेच्ने सरकार रहेकाले प्रदेश संरचना खारेज हुनुपर्ने टिप्पणी गर्नुभयो ।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीसंग आवद्ध नेता,कार्यकर्ताहरुको सहभागिता रहेको नेपाली कांग्रेस बैतडीका सह-सचिव दीपेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।