बैतडी: संस्कृति संरक्षणका लागि बैतडीको दोगडाकेदार गाउँपालिका ४ पिपलकोटमा रामलिला महायज्ञ लाग्ने भएको छ ।
श्रीकेदार संस्कृति संरक्षण समाजको आयोजनामा सञ्चालन हुने रामलिला यहि असोज १८ गतेदेखि सुरू हुनेछ।
रामलिला श्रीकेदार मावि पिपलकोटको प्राङ्गणमा सञ्चालन हुने श्रीकेदार संस्कृति संरक्षण समाजका सदस्य उमेश भट्टले जानकारी दिनुभयो ।
रामलिला महायज्ञ सञ्चालनका लागि इन्द्रदेवशरण भट्टको संयोजकत्वमा ५६ जना जनाको मूल आयोजक समिति गठन गरेर तयारी थालिएको छ ।
उहाँले भन्नुभयो,“रामलिलाको तयारी थालिएको छ। कथा खेल्ने कलाकारहरुको तयारी,साउन्ड सिस्टम लगाएको व्यवस्थापन भइसकेको छ ।”
यसैबीच रामलिलाका कलाकारको तालिम सञ्चालनमा रहेको छ ।
रामलिलाको कलाकार छनौटका लागि बुद्धिबल्लभ धानुकको नेतृत्वको सांस्कृतिक टिमलाई जिम्मा दिइएको छ ।
सामाजिक सद्भाव, धर्म, संस्कृति सरक्षण गर्दै समाजलाई सहि मार्गको डो¥याउने उद्देश्यले रामलिलाको आयोजना गरिएको मूल आयोजक समितिका संयोजक भट्टले बताउनुभयो ।
हामी सबैको एकै सार ,अटुट संस्कृति हाम्रो हाम्रो श्रीकेदार भन्ने नाराका साथ स्थापना भएको समाजले विभिन्न सांस्कृतिक र सामाजिक कार्य गर्दै आएको समाजका अध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताउनुभयो ।