काठमाडौं: युएईमा हुने नेपालसँगकाे टि ट्वान्टी आई सिरिजको लागि वेष्टइण्डिजले टोली घोषणा गरेको छ ।
दोस्रो रोजाईका खेलाडीलाई मौका दिएको टोलीमा स्पिनर अकिल हुसेनले कप्तानी गर्नेछन् । अकिलसँगै ओपनर कायल मेयर्स, अनुभवी अलराउण्डर जेसन होल्डर र ओबेम म्याककोय टोलीमा समेटिएका छन् ।
टाेलीमा अकिल हुसेन(कप्तान), फबिएन एलेन, ज्वेल एन्ड्रयू, एकिम अगस्टे, जेदिया ब्लेड्स, नविन विडासी, केसी कार्टी, करिम गोर, जेसन होल्डर, अमिर जांग्गो, कायल मेयर्स, ओबेद म्याकोय, जिशान मोटारा, रोमन सिमाण्ड, समर स्प्रिंग्र्स रहेका छन्।
नेपालले वेष्ट इण्डिजसँग सेप्टेम्बर २७, २९ र ३० मा शारजाहमा तीन टी ट्वान्टी सिरिज खेल्नेछ । नेपालले टेस्ट टोलीसँग पहिलो पटक सिरिज खेल्न लागेको हो ।

