बैतडीमा कुटपिटबाट श्रीमतीको हत्या,श्रीमान पक्राउ

बैतडी:श्रीमतीको हत्या गरेकाे आराेपमा प्रहरीले बैतडीमा एकजना पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाकाे पाटन नगरपालिका ४ का चिल्लेपानीका ६५ वर्षीय प्रतापसिंह ऐरी रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयाे।
प्रतापले आफ्नी श्रीमती ६० वर्षीया सुना ऐरीलाई कुटपिट गरि हत्या गरेकाे आराेप छ।

प्रतापको कुटाईबाट घाइते भएकी सुनाको बुधबार डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे।

घरायसी विवाद कारण मंगलबार दिउँसो श्रीमतीमाथि प्रतापले कुटपीट गरेका थिए । कुटपीटबाट घाइते भएकी सुनाको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि मंगलबार राति नै डडेल्धुरा रेफर गरिएको थियो । उपचारकै क्रममा सुनाको बुधबार साँझ ५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतापको कुटपीटबाट उनकी बुहारी २२ बर्षीया भावना ऐरी समेत घाइते भएकी छन् । आफ्नी श्रीमतीमाथि कुटपीट गर्ने बेला झगडा छुट्याउन गएकी भावनाको खुट्टामा चोट रहेको प्रहरी निरीक्षक केसीले बताउनुभयाे । 

प्रकाउ परेका ऐरीलाई इलाका प्रहरी कार्यालय पाटनकाे हिरासतमा राखिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!