भारत एसिया कपकाे सुपर-४ मा प्रवेश

काठमाडौं: युएईमा जारी एसिसी ट्वान्टी-२० एसिया कपमा समूह ‘ए’ बाट भारत सुपर-४ मा प्रवेश गरेको छ । 

गएराति घरेलु टोली युएईले ओमानलाई ४२ रनले पराजित गरेसँगै एक खेल अगावै भारतको अघिल्लो चरणको यात्रा तय भएको हो ।  

अघिल्ला दुवै खेल जितेको भारत चार अंकका साथ शीर्ष स्थानमा छ । भारतले युएईलाई ९ विकेट र पाकिस्तानलाई सात विकेटले हराएको थियो ।

अन्तिम खेल भारतले शुक्रबार ओमानसँग खेल्नेछ । ओमान भने सुरुआती दुवै खेल गुमाउँदै समूह चरणबाटै बाहिरिएको छ ।

अब समूह ‘ए’ मा युएई र पाकिस्तान मध्य एक टोलीको मात्रै चार अंकको सम्भावना हुँदा भारतको सुपर फोर पक्का बनेको हो । समुह विजेता वा उपविजेता भने अन्तिम खेलको नतिजाले मात्रै निर्धारण गर्नेछ ।

यसैगरी पाकिस्तानले ओमानलाई ९३ रनले पराजित गरेको थियो । 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!