बैतडी: फरार २९ कैदीबन्दी प्रहरी नियन्त्रणमा

बैतडी: बैतडी कारागारमा आगजनी र तोडफोड गरेर भागेका ६२ कैदीबन्दीमध्ये २९ जना प्रहरी नियन्त्रणमा लिइएको छ ।

मंगलबार राति भागेका ६२ मध्ये हालसम्म २९ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

आज १९ र हिजो छ र अस्ति चार जना गरेर २९ जनालाई नियन्त्रणमा लिइएको हो ।

मंगलबार राति कारागारमा आगजनी र तोडफोड गरेर ६२ जना कैदी भागेका थिए ।

फरार कैदीबन्दी खोज्न संयुक्त सुरक्षा टोली परिचालन गरिएको प्रजिअ पौडेलले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!