बैतडीमा निषेधाज्ञा भोलिसम्म कायम रहने

बैतडी: जेनजीका प्रदर्शनपछि बैतडीमा लागेको निषेधाज्ञालाई निरन्तरता दिइएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार निषेधाज्ञा भोलि भदौ २८ गते बिहान ७ बजेसम्मलाई निरन्तरता दिदैं खुकुलो पारिएको बताउनुभयो ।

सार्वजनिक आदेशमा भनिएको छ–‘ नेपाली सेनाको विज्ञप्ति नं. १७ मिति २०८२।०५।२६ को निषेधाज्ञा तथा कफ्र्यू सम्बन्धमा जारी भएको अद्यावधिक जानकारी (अपिल) बमोजिम शान्ति सुरक्षाको चुस्त, दुरुस्त र भरपर्दो व्यवस्था मिलाउन आज मिति २०८२ भाद्र २७ गते बिहान ९ः०० बजेदेखि भोली भाद्र २८ गते विहान ७ः०० बजेसम्मका लागि बैतडी जिल्लाभर निषेधाज्ञा आदेश जारी गरिएको व्यहोरा सार्वजनिक जानकारीको लागि अनुरोध छ।’

वर्तमान परिस्थितिको विश्लेषणको आधारमा थप सूचना सम्प्रेषण गरिने जनाउदैं सोही अनुसार जिल्लामा पनि निषेधाज्ञा तथा कफ्र्यू आदेश जारी रहने जनाएको छ ।

निषेधाज्ञा आदेश जारी गरिएको भएपनि खुकुलो पारिदैं लगिएको प्रजिअ पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो,“ निषेधाज्ञा तथा कफ्र्यू आदेश जारी गरिएको भएपनि आज जिल्लामा प्रदर्शनका कार्यक्रम थिएनन्। त्यसैले आवश्यक सुरक्षा प्रबन्ध मिलाउदैं खुकुलो पारेका छौं । ”

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!