बैतडीमा निषेधाज्ञा तथा कफ्र्यू खुकुलो

बैतडी: जेनजीका प्रदर्शनपछि लागेको निषेधाज्ञा तथा कफ्र्यू आदेशलाई निरन्तरता दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार कफ्र्यू तथा निषेधाज्ञा भोलि भदौ २७ गते बिहान ६ बजेसम्मलाई निरन्तरता दिदैं खुकुलो पारिएको बताउनुभयो ।

सार्वजनिक आदेशमा भनिएको छ–‘नेपाली सेना जंगी अड्डा, काठमाडौंको विज्ञप्ति नं. १६ मिति २०८२।०५।२५ को सार्वजनिक अपिल वमोजिम देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी हाल लागु गरिएको निषेधाज्ञा आज मिति २०८२ भाद्र २६ गतेको बेलुकी ५ः०० बजे (१७ः०० बजे) सम्म देशभर निरन्तर रहने र तत्पश्चात भोली भाद्र २७ गते बिहान ६ः०० बजे (०६ः०० बजे) सम्म कफ्र्यू आदेश जारी रहनेछ ।’

वर्तमान परिस्थितिको विश्लेषणको आधारमा थप सूचना सम्प्रेषण गरिने जनाउदैं सोही अनुसार जिल्लामा पनि निषेधाज्ञा तथा कफ्र्यू आदेश जारी रहने जनाएको छ ।

निषेधाज्ञा तथा कफ्र्यू आदेश जारी गरिएको भएपनि खुकुलो पारिदैं लगिएको प्रजिअ पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ निषेधाज्ञा तथा कफ्र्यू आदेश जारी गरिएको भएपनि आज जिल्लामा प्रदर्शनका कार्यक्रम थिएनन्। त्यसैले आवश्यक सुरक्षा प्रबन्ध मिलाउदैं खुकुलो पारेका छौं । ”

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!