बैतडी: बैतडी कारागारमा आगजनी गरेर भागेका चार कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कारागारमा आगजनी र तोडफोड गरेर भागेका ६२ जनामध्ये चार जना प्रहरी नियन्त्रणमा रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।
हिजो राति कारागारमा आगजनी र तोडफोड गरेर भागेका ६२ जनामध्ये अझै ५८ जना भेट्टिएका छैनन् ।
भागेकामध्ये चारजना आफैँ फर्किएका हुन् । उहाँले भन्नुभयो,“ कारागारबाट भागेका ६२ जनामध्ये चारजना प्रहरी नियन्त्रणमा रहेका छन् । बाँकी ५८ फरार कैदीको खोजी भइरहेको छ ।”
फरार कैदी खोज्न सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ पौडेलले बताउनुभयो ।
कैदीबन्दीको आगजनी र तोडफोडपछि पनि कारागारमा जलेर नष्ट भएको छ ।
समातिएका कैदीबन्दी प्रहरी नियन्त्रणमा रहेका भएपनि उनीहरुलाई राख्न कारागार नहुँदा समस्या भएको प्रजिअ पौडेलको भनाई रहेको छ ।
