कारागारबाट फरार कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन

बैतडी: कारागारमा आगजनी गरेर फरार रहेका कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बैतडी कारागारमा रहेका ६२ जना कैदीबन्दी हिजो राति कारागारमा आगजनी र तोडफोड गरेर भागेका थिए ।

भागेका कैदीबन्दीहरु खोज्न सुरक्षाकर्मी परिचालन गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

हिजो दिउँसोदेखि बन्दीगृहमा आगजनी र तोडफोड गरिरहेका कैदीबन्दीलाई सुरक्षाकर्मीले घण्टौं प्रयास गर्दा पनि रोक्न असफल भएको थियो । आन्दोलित कैदबन्दी अन्तमा राति साढे ८ बजे गेटको ताला फुटालेर भागेका हुन् ।

प्रजिअ पौडेलले भन्नुभयो,“ कारागारबाट भागेका कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन गरेका छौं । केही कैदीबन्दी हाम्रो सम्पर्कमा समेत आइसकेका छन् ।”

कैदीबन्दीले कारागारमा आगजनी गर्दा जलेर नष्ट भएको छ । भागेका कैदीबन्दी पक्राउ गरेपनि उनीहरुलाई राख्न समस्या भएको प्रजिअ पौडेलले बताउनुभयो ।

कारागारबाट कैदीबन्दी भागेपछि आपराधिक घटना हुन सक्ने चिन्ता समेत थपिएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!