बैतडी: बैतडीका कारागार तोडफोड र आगो लगाएर कैदीबन्दी भागेका छन् ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार राति साढे ८ बजेतिर कैदीबन्दी भागेका हुन् । यस कारागारमा ६२ जना कैदीबन्दी रहेका थिए ।
दिउँसोदेखि बन्दीगृहमा आगजनी र तोडफोड गरिरहेका कैदीबन्दीलाई सुरक्षाकर्मीले घण्टौं प्रयास गर्दा पनि असफल भएको हो ।
प्रजिअ पौडेलले भन्नुभयो,“बन्दीगृहभित्र आगजनी र तोडफोड गरेर आन्दोलित भएका कैदीबन्दीलाई रोक्ने प्रयास गर्दा समेत सकिएन्,अन्तमा गेटको ताला फुटालेर भागेका छन् ।”
६२ जना कैदीबन्दी रहेका यस कारागारमा सबै भागेका बताइएको छ ।
प्रमुख जिल्ला अधिकारीलगायतको सुरक्षाअधिकारी टोली कारागार कार्यालयमा पुगेको छ ।
