जेनजीको प्रदर्शन: १४ जनाको मृत्यु,कर्फ्यू जारी गर्दै सेना परिचालन

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं: जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

जसअन्तर्गत राष्ट्रिय ट्रमा सेन्टरमा ६ जना, नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ३, सिभिल अस्पतालमा ३, सिनामंगलस्थित केएमसी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १– को ज्यान गएको छ ।

घाइतेहरुको संख्या यकिन हुन नसकेको भएपनि दजनौं हुनसक्ने अनुमान गरिएको छ ।

यसैबीच जेनजीको प्रदर्शनमा बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएपछि सेना परिचालन भएको छ ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै संसद भवन छिरेपछि कर्फ्यू लगाइएको थियो । त्यसपछि सेना परिचालन गरिएको हो ।

जेनजीहरुको प्रदर्शनमा संसद भवनभित्र समेत प्रदर्शनकारी छिरेका थिए ।

सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबार प्रदर्शन सुरु गरेका हुन् ।

यसका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजे बैठक बस्ने गरी बोलाइएको हो ।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र भष्ट्रचारको विरोधमा आज राजधानीसहित देशभर जेनजीको प्रदर्शन भएका छन् ।

आजको मन्त्रिपरिषद् बैठकमा बानेश्वर घटनाका विषयमा छलफल हुनसक्नेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!