बैतडी: बन्चरो प्रहार गरी भतिजाले गरे काकीको हत्या

बैतडी: बन्चरो प्रहारबाट बैतडीमा एक महिलाको हत्या भएको छ ।

जिल्लाको सिगास गाउँपालिका २ पेडेगोदाकी ३५ वर्षीया बेलमती धामीको बन्चरो प्रहारबाट हत्या भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनभयो ।

बेलमतीको आफ्नै भतिजा ३० वर्षीय नाता यज्ञसिंह धामीले गएराति १२ बजे घरमै सुतिरहेको अवस्थामा बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्याको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पाटनका प्रमुख,प्रहरी निरीक्षक राजेन्द्र साउँद नेतृत्वको टोली घटनास्थल पुगेको छ ।

हत्यामा संलग्न यज्ञसिंहलाई प्रहरीले नियन्त्रमा लिएको छ ।

बेलमतीको किन हत्या भयो भन्ने कुरा खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!