त्रिवि क्रिकेट मैदान निर्माण अन्तिमतिर,उपप्रधानमन्त्री सिंहद्वारा निरीक्षण

काठमाडौं: कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान अन्तिम चरणमा पुगेको छ । मैदान निर्माणबारे उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थलगत निरीक्षणसहित जानकारी लिनुभयो ।

रङ्गशालाको दर्शक दीर्घा निर्माण सकी सिट समेत जडान भइसकेको छ भने ‘फ्लड लाइट’ जडानको कार्य धमाधम भइरहेको छ ।

निरीक्षणपछि उपप्रधानमन्त्री सिंहले स्टेडियम निर्माणमा केही ढिलाइ भए पनि तुलनात्मक रूपमा राम्रो भएको बत्ताउनुभयो ।

समयमा काम नसकिँदा सम्झौताअनुसार जरिवाना तिराएर अहिले क्रिकेट मैदानको काम भइरहेको छ ।

निर्माण सम्पन्न केही हप्तामा सकिने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!