केपी ओलीलाई तेस्रोपटक अध्यक्ष हुने बाटो खुला

काठमाडौं:ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सकिएको छ ।

सम्पन्न महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनसहित आयोगका प्रतिवदेनहरू पारित गरेको जनाएको छ ।

विधान महाधिवेशनभर सबैभन्दा बढी चासोको विषय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरण बनेको थियो ।

महाधिवेशनमा प्रस्तुत प्रतिवेदनले उनको सदस्यता नविकरणको विषयमा कुनै निर्णय गरेन । यो सँगै विद्याको सदस्यता नविकरण नहुने केन्द्रीय कमिटीको निर्णय सदर भएको नेताहरूले बताएका छन् । तर, प्रतिवेदनमा भने यो विषयमा केही बोलिएको छैन ।

बरु एमालेमा नेतृत्वमा रहेको ७० वर्षको उमेरहदको विषय हटेको छ । अध्यक्षमा दुई कार्यकाल मात्रै रहन पाउने सीमा पनि हटेको छ । यो सँगै केपी शर्मा ओलीलाई फेरि अध्यक्ष हुने बाटो खुला भएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!