सुर्नया नदीमा किशोरी मृत फेला

बैतडी: बैतडीको सुर्नया नदीमा बगेर एक किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्नया गाउँपालिका ५ मडकी १८ वर्षीया झर्ना दमाई रहेकी बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

शुक्रबार बजार जान्छु भनि घरबाट हिडेकी झर्ना सुर्नया नदीमा बगेर बेपत्ता भएकी थिइन् ।

त्यसपश्चात झर्नाको खोजीका लागि इलाका प्रहरी कार्यालय पाटनका प्रमुख,प्रहरी निरीक्षक राजेन्द्र साउँदको नेतृत्वको टोली परिचालन गरिएको थियो ।

उक्त टोलीले झर्नाको शव आज शनिबार पाटन नगरपालिका ६ औजेउडास्थित सुर्नया नदी किनारमा फेला पारेको हो ।

झर्ना कक्षा १० मा अध्ययनरत रहेकी बताइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!