चर्चित अष्ट्रेलियन ब्याटर लिनले एनपीएल खेल्ने पक्का,सुदूरपश्चिममा अनुबन्ध

काठमाडौं: अष्ट्रेलियन आक्रामक ब्याटर क्रिस लिनले दोस्रो संस्करणकाे नेपाल प्रिमियर लिग खेल्ने पक्का भएको छ।

लिन सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएसंगै एनपीएल खेल्ने पक्का भएकाे हाे ।

राेयल्सले आज एक भिडियाे सार्वजनिक गर्दै लिन अनुबन्ध भएका जनाएको छ।

याे संगै लिन दोस्रो संस्करणका लागि अनुबन्ध हुने पहिलो विदेशी खेलाडी समेत भएका छन्।

आक्रामक ब्याटिङका लागि चर्चित लिनले दुई सय ९३ वटा टी–२० खेलमा आठ हजारभन्दा बढी रन बनाएका छन् ।

लिनले अष्ट्रेलियाबाट १८ वटा टी–२० अन्तर्राष्ट्रिय र चार वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि खेलेका छन् ।

लिन अष्ट्रेलियन बिग ब्यास लिगमा सबैभन्दा धेरै रन बनाउने र सबैभन्दा धेरै छक्का हिर्काउने खेलाडी हुन् ।

उनीसँग इन्डियन प्रिमियर लिग (आईपीएल) सहित विश्वका धेरै फ्रेन्चाइज लिगहरुमा समेत खेलिसकेको अनुभव छ ।

अघिल्लो संस्करणको आइपीएलमा लिनले काेलकाताबाट खेलेका थिए।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!