झुलाघाट र देहिमाडौं–गिरेगडा सडक बन्द

बैतडी: वर्षासंगै खसेको पहिरोको कारण मध्यपहाडी लोकमार्ग र देहिमाडौं–गिरेगडा सडक अवरुद्ध भएका छन् । लोकमार्गको अन्तिम बिन्दु झुलाघाट बजार नजिक पहिरो खस्दा अवरुद्ध भएको छ ।

भारतीय सीमासंग जोडिएको लोकमार्ग अवरुद्ध हुँदा सवारीआवागमनमा समस्या भएको छ ।

पैदल हिडडुल गर्नलाई पहिरो पन्छाएको भएपनि माथिबाट पहिरो खस्ने क्रम नरोकिएकोले समस्या भएको बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले बताउनुभयो ।

यस्तै दुईदिनदेखि अवरुद्ध रहेको देहिमाडौं– गिरेगडा सडक अझै सुचारु हुन सकेको छैन् ।

उक्त सडकखण्डको दशरथचन्द नगरपालिका २ सुन्दरखाली नजिक सडक माथिबाट पहिरोसंगै ठुलो ढुंगा खस्दा शनिबार रातिदेखि सडक अवरुद्ध भएको थियो ।

पहिरो पन्छाउन सडक डिभिजन कार्यालय पाटनको जेसिबीले प्रयास गरेपनि पहिरोसंगै खसेको ठुलो ढुंगाले गर्दा समस्या भएको प्रवक्ता पाण्डेयले जानकारी दिनुभयो ।
जेसिबीले पहिरो पन्छाउन प्रयास गरेपनि ठुलो ढुंगाका कारण सम्भव हुन नसकेकोले स्काभेटरको लागि पहल भइरहेको उहाँले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा सवारी आवागमन ठप्प छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!