लोकतान्त्रिक खेलकुद संघको सुदूरपश्चिम अध्यक्षमा विष्ट निर्विरोध

नवनिर्वाचित अध्यक्ष विष्ट को हुन् ?

बैतडी: नेपाल लोकतान्त्रिक खेलकुद संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा सुरेन्द्रसिंह विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ ।

संघको प्रथम प्रदेश अधिवेशनबाट विष्टको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति गठन गरिएको निर्वाचन अधिकृत सीताराम जोशीले जानकारी दिनुभयो ।

समितिको उपाध्यक्षमा लालबहादुर कठायत, महिला उपाध्यक्षमा लक्ष्मी थापा भट्ट, सचिवमा ओम प्याकुरेल, सहसचिवमा सुरेन्द्रबहादुर सिंह, महेशराज जोशी, अर्जुन राज ढुंगाना, महिला सहसचिवमा उरती बुढाथोकी, कोषाध्यक्षमा प्रकाश भाट निर्विरोध चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा गोकुलबहादुर शाह, रविन्द्र सिंह, गोविन्दबहादुर धामी, निरन्जन देउवा, लोकेश जोशी, महेन्द्रराज अवस्थी, देवेन्द्र भट्ट, पूर्णबहादुर साउँद, रामराज कार्की, रुद्र पन्त, अनिल कठायत, प्रकाश बहादुर सिंह, हेमराज जोशी, सन्जय भाट, मिलन हमाल, दिया विष्ट, मिना शाही, हेमा उपाध्याय र आरती कुमारी धामी बोहरा रहेका छन् ।

नवगठित समितिको कार्यकाल ४ वर्षको हुनेछ ।

नवनिर्वाचित अध्यक्ष विष्ट को हुन् ?

लामो समयदेखि खेलकुदमा सक्रिय विष्टले नेपाल लोकतान्त्रिक खेलकुद संघका गतिविधिलाई अघि बढाउने र सुदूरपश्चिमको खेलकुदलाई चलायमान बनाउने बताउनुभयो ।

बैतडीको पाटन नगरपालिका ३ बुङडा घर भएका बिष्टले खेलकुदका गतिविधि र संघका गतिविधिलाई तीव्रता दिने समेत बताउनुभयो।

कराँतेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसमेत रहनुभएका सुरेन्द्रले पछिल्लो समय महिला आत्मरक्षा तालिम प्रमुख प्रशिक्षकको भूमिकामा रही देशभरि कार्यक्रम गर्दै आउनुभएको थियो । उहाँले नेदरल्यान्डबाट आत्मरक्षासम्बन्धी तालिम प्राप्त गर्नुभएको थियो ।

तालिमपछि उहाँले महिल तथा बालबालिका हिंसाविरुद्ध सैद्धान्तिक तथा व्यापारिक ज्ञान दिँदै आउनुभएको छ ।

विष्ट केभारेएक कुरोदय सेल्फ डिफेन्स पार्सल आरसे संघका संस्थापक महासचिव तथा प्रमुख प्रशिक्षक समेत रहनुभएको थियो ।

विष्टले राजनीतिकशास्त्र र आमसञ्चार तथा पत्रकारिताबाट स्नातकोत्तर गरिसक्नुभएको छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!