डिलाशैनी-५ को नयाँ वडा कार्यालय निर्माण,मन्त्री भण्डारीले उद्घाटन गर्ने

वडा कार्यालयको भदौ १६ गते औपचारिक उद्घाटन गरिने

बैतडी: बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ ले आफ्नै वडा कार्यालय निर्माण गरेको हो ।

गाउँपालिकाले दुई करोड १३ लाख विनियोजन गरेकोमा ठेक्कामार्फत ७१ लाखमा तिलाचौरमा नयाँ भवन निर्माण गरिएको हो ।

गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष यज्ञराज भट्ट यदुका अनुसार आफ्नै भवन निर्माण भएपछि सेवा प्रवाहमा सहजता भएको उहाँले बताउनुभयो ।

आफ्नै वडा कार्यालय नहँुँदा भाडाको घरमा बस्नुपर्ने बाध्यता रहेको थियो । उहाँले भन्नुभयो,“ भाडाको घरमा बस्दा आर्थिक भारका साथै एउटै कोठामा सबै फाँट राख्नुपर्ने बाध्यता थियो । अब आफ्नै भवन बनेपछि छुट्टाछुट्टै फाँट र सेवाप्रवाहका लागि पनि सहजता भएको छ ।”

एकतले उक्त भवनमा हलसहित ७ कोठा रहेका छन् ।
आफ्नो भवन नहुँदा १० हजार भाडा तिरेर घर भाडामा लिइएको थियो ।

पालिकाभित्रका सबै वडा कार्यालय आफ्नै निर्माण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताउनुभयो ।

सेवाप्रवाह छिटो, छरितो र सहजताका लागि सबै वडा कार्यालय आफ्नै निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

यो कार्यकालमा वडा नम्बर ५ को कार्यालय निर्माण गरिएको हो ।यसअघि वडानम्बर १ र २ को वडा कार्यालय निर्माण भइसकेको छन् ।

पालिकाको प्रशासकीय भवन निर्माणका लागि पनि बजेट विनियोजन भएको र चाँडै नै निर्माण सुरु हुने गाउँपालिका प्रवक्ता भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ संघीय समपूरकको एक करोड २२ लाख बजेट रहेको र त्यसमा थप ३० प्रतिशत गाउँपालिकाको बजेट राखेर पालिकाको प्रशासकीय भवन निर्माण हुन्छ ।”

यसैबीच डिलाशैनी गाउँपालिका वडा नम्बर ५ को नवनिर्मित वडा कार्यालयको एक औपचारिक कार्यक्रमका साथ यही भदौ १६ गते उद्घाटन गरिने भएको छ ।

वडा कार्यालयको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी गर्ने कार्यक्रम रहेको छ ।

उक्त उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीसंगै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पाल,पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य शिवराज भट्ट,प्रदेशसभा सदस्य जानकी ऐर बम,गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीलगायतको उपस्थिती रहने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!