निजामती सेवा दिवसः बैतडीमा ब्याडमिण्टन प्रतियोगिता,टिम दर्ता खुल्ला

बैतडी: निजामती सेवा दिवसको अवसरमा बैतडीमा खुल्ला सिनियर तथा जुनियर ब्याडमिण्टन प्रतियोगिता हुने भएको छ ।

कर्मचारी मिलन केन्द्र बैतडीको आयोजनामा हुने उक्त प्रतियोगिता भदौ १९ गतेदेखि सुरु हुने नापी कार्यालय बैतडीका प्रमुख तथा प्रतियोगिता संयोजक रणसिंह रावलले जानकारी दिनुभयो ।

प्रतियोगितामा सिनियर र जुनियर तर्फ छुट्टाछुट्टै प्रथम, द्वितीय, तृतीय हुने टिमलाई क्रमशः आठ हजार,पाँच हजार र तीन हजार नगद तथा प्रमाण पत्र प्रदान गरिनेछ।

जगन्नाथ बहुउद्देशिय हल गढीमा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने इच्छुक खेलाडिहरुका लागि टिम दर्ता खुल्ला गरिएको छ ।

सहभागी हुन चाहने टिमले भदौ १४ गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने जनाएको छ ।

प्रतियोगिता खुल्ला व्याटम्यान्टन प्रतियोगिता सिनियर र जुनियर लेवलमा हुने र लिगकम नकआउटको आधारमा खेलाईने कर्मचारी मिलन केन्द्र बैतडीले जनाएको छ ।
निजामती सेवा दिवस भदौ २२ गते रहेको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!