विश्व हिन्दु महासंघ बैतडीको संयाेजकमा थापा चयन

बैतडी: विश्व हिन्दु महासंघ बैतडीको संयाेजकमा दशरथचन्द नगरपालिकाका पूर्व प्रमुख नरेन्द्रसिंह थापा मनाेनित हुनुभएकाे छ।

विश्व हिन्दु महासंघ सुदूरपश्चिम प्रदेशका कार्यवाहक अध्यक्ष शिरोमणि कुमार ओझाका अनुसार थापालाई जिल्ला संयाेजककाे जिम्मेवारी दिइएको हाे।

विश्व हिन्दु महासंघको विधान बमोजिम थापालाई बैतडी जिल्ला संयोजकमा मनाेनयन गरिएको र संस्थाको हित प्रवर्द्धनमा धार्मिक, सामाजिक काम तथा जिल्ला अधिवेशन सम्पन्न गर्न भनिएकाे छ।

विधानको परिधिमा रहि प्रदेश समिति संग परामर्श गरी महासंघको निती, निर्देशन, अनुशासन र मर्यादाको ख्याल गर्न समेत आग्रह गरिएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!