बैतडी-काठमाडौं सम्पर्क समितिद्वारा तीज-गौराको कार्यक्रम भब्य,केन्द्रीय र राष्ट्रिय सभा सदस्य पनि उपस्थित

काठमाडौं: नेपाली कांग्रेस बैतडी–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा तीज र गौरा पर्वको अवसरमा शुभकामना र दर खाने विशेष कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।

हिन्दू महिलाको ठूलो चाड हरितालिका तीज तथा गौरा पर्वको अवसरमा काठमाडौंको बालुवाटारमा शुभकामना तथा दर खाने सँगै सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

सम्पर्क समितिका सभापति भानबहादुर चन्द (भाष्कर) को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा कांग्रेस केन्द्रीय सदस्य तथा सम्पर्क समिति समन्वय विभाग प्रमुख नानु बास्तोला रहनुभएको थियो ।

कार्यक्रमको विशिष्ट अतिथिमा राष्ट्रियसभा सदस्य तथा माओवादी नेतृ रेणु चन्द, बैतडीको पाटन नगरपालिका नगरप्रमुख गौरीसिंह रावल, पुर्चाैडी नगरपालिका प्रमुख दीपकबहादुर बम, कांग्रेसका सुदूरपश्चिम प्रदेश सदस्य तेजबहादुर चन्द, कांग्रेस बैतडी प्रदेशसभा ’ख’ का सभापति शिवराज भट्ट, जिल्ला कार्यसमिति सदस्य हिमालय बम, जिल्ला सदस्य कृष्ण धामी,जिल्ला सदस्य अम्बिका अवस्थी,प्रदेशसभा क्षेत्रीय उपसभापति नरेश चन्द,पुर्चाैडी नगरपालिका सभापति गणेश गडाल, प्रदेश प्रतिनिधिद्वय नरेन्द्र साउँद र प्रकाश चन्द,शिक्षाविद डाक्टर रमेश अवस्थी,नेविसंघ केन्द्रीय सदस्यद्वय एनपी जाेशी र अशोक विष्ट, नेविसंघ जिल्ला अध्यक्ष दिपेन्द्र ढुंगाल, एमाले नेतृ चन्द्रकला साउँद,नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी धनेन्द्र चन्द, काठमाडौंको पद्मकन्या क्याम्पसकी स्ववियू सभापति भूवनेश्वरी ऐरलगायत नेताहरूको सहभागिता थियो ।

साथै कार्यक्रममा नेपाल सांस्कृतिक संघ सुदूपश्चिम प्रदेश सभापति उमाशंकर जोशी, बरिष्ठ देउडा गायक महेशकुमार औजीसहित देउडागायक जनक महरा, भानुभक्त जोशी, भावना चन्द,शान्ति धामीलगायत कलाकारहरूको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य तथा सम्पर्क समिति समन्वय विभाग प्रमुख नानु बास्तोलाले तीजलाई महिला सशक्तीकरण रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“हरितालिका तीजलाई पछिल्लो समय महिला सशक्तीकरण रुपमा मनाउन थालिएको छ । यो निकै राम्रो पक्ष हो । ”

राष्ट्रियसभा सदस्य तथा माओवादी नेतृ रेणु चन्दले पछिल्लो समय तीजका मनाउने नाममा हाम्रा मौलिक संस्कृति बिर्सिदै गएकोमा चिन्ता व्यक्त गर्नभयो ।

पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल र पुर्चौडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमले सम्पर्क समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम राखेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा बैतडी घर भइ विभिन्न सिलसिलामा काठमाडौं उपत्यकमा बस्दै आएका ४ सय ५० जना भन्दा बढी सहभागिता थियो ।

सम्पर्क समितिबाट हरेक चाडपर्वका बेला गृहजिल्लाका बासिन्दालाई सहभागी हुने बिभिन्न गतिविधि गर्दै आएको छ । गत वर्ष पनि समितिले काठमाडौंमा शुभकामना चियापान तथा सांस्कृतिक कार्यक्रम, सांस्कृतिक कार्यक्रमका साथ वनभोज पनि आयोजना गरेको थियो ।

साथै समितिमार्फत राजधानीमा बिभिन्न समस्यामा परेका बैतडी घरभएकाहरूलाई बेलाबेला सहयोग समेत जुटाउने काम समेत गरिँदै आएको सम्पर्क समितिका सचिव मनमोहन भट्टले जानकारी दिनुभयो ।

स्वास्थ्य उपचार, शिक्षा, रोजगारी, वैदेशिक रोजगारीका क्रममा परेका झन्झटमा परेकाहरूलाई संस्थागत तथा व्यक्तिगत रूपमा सघाउने काम भइरहेको सभापति चन्दले बताउनुभयो ।

सबैलाई एक ठाउँमा जम्मा गरेर शुभकामना र दर खाने कार्यक्रम आयाेजना गर्नुभएकाे सम्पर्क समितिका अध्यक्ष चन्दलाई सहभागीहरूले धन्यवाद व्यक्त गरेका छन्।








Leave A Reply

Your email address will not be published.

error: Content is protected !!