बैतडी-काठमाडौं सम्पर्क समितिद्वारा भदौ ७ गते दर खाने कार्यक्रम

काठमाडौं: हरितालिका तीजको अवसरमा नेपाली कांगेस बैतडी–काठमाडौं सम्पर्क समितिले शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रमको आयोजना गरेको छ ।

सम्पर्क समितिका सभापति भास्कर चन्दका अनुसार भदौ ७ गते शनिबार उक्त कार्यक्रम हुनेछ ।

काठमाडौंको बालुवाटारस्थित ओपेरा हाउसमा आयोजना गरिएको कार्यक्रम शनिबार दिउँसो ३ बजेदेखि शुरु हुने अध्यक्ष चन्दले बताउनुभयो ।

उक्त कार्यक्रममा बैतडी घर भइ काठमाडौंमा बसोबास गर्दै आएका महिला दिदीबहिनीहरुलाई उपस्थितीका लागि अनुरोध गरिएको सम्पर्क समितिका सचिव मनमोहन भट्टले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!