दार्चुला: दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन।
जिल्लाको नौगाड गाउँपालिका होपरीबाट होपरीगाड तर्फ गइरहेको सु.प.प्र. ०४००१ ज ०१०३ नम्बरको जिप बिहान ९ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी, प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिनुभयो।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेकाे छ।
गम्भीर घाइते हुनेमा २५ वर्षिया पार्वती टमटा, २६ वर्षिय मोहन ठगुन्ना, १८ वर्षिया अप्सरा महता र ३५ वर्षिय उमेश ठगुन्ना रहेका छ्न।
घाइतेकाे उद्धार गरेर उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ।
चालकसहित ११ जना सवार जिप चिप्लाे बाटाेमा ब्रेक नलागेपछि दुर्घटना भएकाे जनाएको छ।
जिपचालक लाकेन्द्र सिह ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
