नेपाल र मेलबर्न रेनेगेड्स भिड्दै

काठमाडौं: अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले आफ्नाे पाचौं खेलमा मेलबर्न रेनेगेड्स भिड्दैछन्।

याे खेल बिहान सवा ११ बजे सुरू हुनेछ।

यसअघि हिजाे सम्पन्न आफ्नाे चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएकाे थियाे। 

नेपालले तीन हारपछि पहिलाे जित दर्ता गरेकाे हाे।

नेपाल पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग पराजित भएको थियो भने दोस्रो खेलमा शनिबार बंगलादेश ए सँग तथा तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।

नेपालले अब शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।
विश्वकपकाे तयारीस्वरूप नेपालले याे सिरिज खेलिरहेको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!